अन्तरराष्ट्रिय तेक्वान्दोमा वैभवीद्वारा नेपालाई स्वर्णपदक
मेरोन्यूज
२०८२ साउन २५ गते १५:३०

काठमाडौँ। थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेकी छिन् ।
यही साउन २४ र २५ गते भएको उक्त प्रतियोगितामा विभिन्न २७ राष्ट्रका करिब चार हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
थाइल्याण्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा १० वर्षीय वैभवीले फिलिपिन्स र थाइल्याण्डका खेलाडीलाई पछि पार्दै स्पीड किकमा स्वर्ण पदक जितेकी हुन् ।
क्योरोगी विधामा वैभवी सेमिफाइनलमा थाइल्याण्डसँग पराजित हुँदै कास्य पदकमा सिमित रहिन् । त्यसैगरी, पुम्से विधामा दुई राउण्ड जित हासिल गर्दै कास्य पदक हात पारिन् ।
सम्बन्धित


















बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
सरकारले सार्वजनिक गर्यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)
प्रतिक्रिया