अन्तरराष्ट्रिय तेक्वान्दोमा वैभवीद्वारा नेपालाई स्वर्णपदक
मेरोन्यूज
२०८२ साउन २५ गते १५:३०

काठमाडौँ। थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेकी छिन् ।
यही साउन २४ र २५ गते भएको उक्त प्रतियोगितामा विभिन्न २७ राष्ट्रका करिब चार हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
थाइल्याण्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा १० वर्षीय वैभवीले फिलिपिन्स र थाइल्याण्डका खेलाडीलाई पछि पार्दै स्पीड किकमा स्वर्ण पदक जितेकी हुन् ।
क्योरोगी विधामा वैभवी सेमिफाइनलमा थाइल्याण्डसँग पराजित हुँदै कास्य पदकमा सिमित रहिन् । त्यसैगरी, पुम्से विधामा दुई राउण्ड जित हासिल गर्दै कास्य पदक हात पारिन् ।
सम्बन्धित










आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया