पूर्वराष्ट्रपती विद्याकी छोरी उषाकिरणले एमालेको विभागबाट दिइन् राजीनामा
मेरोन्यूज
२०८२ साउन २६ गते १५:०८

काठमाडाैं । पूर्वराष्ट्रपती विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले एमालेको केन्द्रीय विभाग सदस्यबाट राजीनामा दिएकी छिन् ।
आमा विद्याको पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा (एमाले)को निर्णयपछि छोरी उषाकिरण असन्तुष्ट थिइन् ।
एमालेको परराष्ट्र मामिला विभागमा सदस्य रहेकी उनले ३ दिन अघि राजीनामा बुझाएकी हुन् । उषा विद्याकी जेठी छोरी हुन् ।
यो बारेमा उषाकिरणले अहिलेसम्म केहि बोलेकी छैनन् । एमालेले पनि यसलाई गोप्य राखिरहेको छ ।
एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको बुझिएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया