वैदेशिक रोजगारीको नाममा ५१ लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं । अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका मुलुकमा रोजगारी दिलाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ का ५५ वर्षीय रवि बम्जन र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ की ४८ वर्षीया फुलमाया खत्री छन्।
बोम्जनलाई हाल काठमाडौं, नागार्जुन नगरपालिका-४ र खत्रीलाई हाल काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ बसोबास गर्दै आएको खुलेको छ। दुवैलाई २०८२ साउन २३ गते काठमाडौं उपत्यकाका फरक-फरक स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको उक्त जनाएको छ।
उनीहरूले हालसम्म ११ जनाबाट ५१ लाख रुपैयाँ ठगी गरेको आरोप छ। कार्यालयका अनुसार ठगी रकम र पीडितको संख्या अझ बढ्न सक्ने अनुमान छ।












One killed in road accident
गगन र विश्वप्रकाशसँग देउवाले के भने ?
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया