बाढीपहिराका कारण गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या
मेरोन्यूज
२०८२ साउन २७ गते १२:२३

मुगु । बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो । सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ ।
बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् । खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ । स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन ।
यसैबीच, गमगढी नगरपालिकाका कार्यवाहक प्रमुख ऐश्वर्या वर्षा रोकिनासाथ पहिरो पन्छाइने बताए । उनले डोजरलगायत उपकरण तयारी अवस्थामा रहेका जानकारी दिए ।
सम्बन्धित
















कैलाली – १ बाट रेशम चौधरीले दर्ता गराए उम्मेदवारी
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया