१८ सय बिन्दु तल झर्याे नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव २२ अङ्कले घटेर दुई हजार ७९६ दशमलव २४ बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ९२ प्रतिशतले घटेको हो ।
आज ३२३ कम्पनीको एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ७८ हजार २२६ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ बराबरको कारोबार भएको हो ।
होटल तथा पर्यटन समूह एक दशमलव ३२ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ९४, विकास बैंक शून्य दशमलव ७६, वित्त एक दशमलव ५३, जलविद्युत् एक दशमलव २६, लगानी शून्य दशमलव ६६, जीवन बीमा एक दशमलव ०६ र उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतले घटेको छ । लघुवित्त एक दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बिमा शून्य दशमलव ८१, व्यापार शून्य दशमलव ८६ र अन्य समूह शून्य दशमलव ६२ प्रतिशतले घटेको छ ।
सिटी होटल लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट लाग्दा सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू २६ करोड ७७ लाख ५५ हजार २९३ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको छ लाख छ हजार ३१७ कित्ता शेयर किनबेच भएको छ ।












नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया