शनिबार, वैशाख १९, २०८३

ललितपुर र भक्तपुरका सीडीओको सरुवा

मेरोन्यूज २०८२ साउन २८ गते २१:२२

काठमाडौं । सरकारले ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

Advertisement
NiccNicc

बुधबार सरकारले ७२ जना सहसचिवको सरुवा गरेको छ, जसमा यी दुवै जिल्लाका प्रजिअलाई पनि सरुवा गरिएको छ।

सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई सरुवा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पठाइएको छ भने भक्तपुरका प्रजिअ भरतमणि पाण्डेलाई अर्थ मन्त्रालयमा ल्याइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहसचिवहरूको सरुवा गरेको हो।

प्रतिक्रिया