गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या २२७ पुग्याे: संयुक्त राष्ट्रसंघ

गाजाका स्वास्थ्य अधिकारीहरूले पछिल्ला २४ घण्टामा कुपोषण र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी दिनुभएका छन् । यससँगै गत वर्षको अक्टोबर महिनादेखि हालसम्म कुपोषणसम्बन्धी मृत्यु हुनेको संख्या २२७ पुगेको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले मङ्गलबार जानकारी दिए।
संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले दैनिक पत्रकार सम्मेलनमा बताएअनुसार, मृत्यु हुनेमध्ये १०३ जना बालबालिका रहेका छन् । विश्व खाद्य कार्यक्रम (वल्र्ड फुड प्रोग्राम) ले गाजामा अहिलेको अवस्थालाई सङ्घर्ष सुरु भएयताकै सबैभन्दा गम्भीर भोकमरी र कुपोषणको अवस्था भनेको छ ।
उनले थपे “यस परिस्थितिमा समेत गाजामा पुग्ने मानवीय सहायता न्यूनतम आवश्यकताभन्दा धेरै कम छ । मानवीय सहायता ढुवानीमा धेरै ढिलाइ र अवरोधहरू भइरहेका छन्, जसले आवश्यक परिमाणमा सहायता पु¥याउन संयुक्त राष्ट्रसंघलाई बाधा पुर्याइरहेको छ ।” सोमबार, संयुक्त राष्ट्रसंघले इजरायली अधिकारीहरूसँग समन्वयका लागि १६ वटा सहायता अभियान प्रस्ताव गरेको थियो, जसमा खाना, औषधोपचार सामग्री र इन्धन सङ्कलन जस्ता कार्यहरू समावेश थिए ।
तीमध्ये केवल चार वटा मात्र सहज रूपमा सम्पन्न हुन सक्यो, तीन वटा अस्वीकार गरिए र चार वटा केही अवरोधपछि मात्र सफलतापूर्वक सम्पन्न भए । दुजारिकले भन्नुभयो,“इजरायली पक्षबाट पूर्वस्वीकृति प्राप्त गर्न धेरै समय लाग्ने भएकाले मानवीय सहायता समन्वयको प्रयासमा बहुमूल्य समय खेर जाने अवस्था छ ।”
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया