गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या २२७ पुग्याे: संयुक्त राष्ट्रसंघ

गाजाका स्वास्थ्य अधिकारीहरूले पछिल्ला २४ घण्टामा कुपोषण र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी दिनुभएका छन् । यससँगै गत वर्षको अक्टोबर महिनादेखि हालसम्म कुपोषणसम्बन्धी मृत्यु हुनेको संख्या २२७ पुगेको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले मङ्गलबार जानकारी दिए।
संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले दैनिक पत्रकार सम्मेलनमा बताएअनुसार, मृत्यु हुनेमध्ये १०३ जना बालबालिका रहेका छन् । विश्व खाद्य कार्यक्रम (वल्र्ड फुड प्रोग्राम) ले गाजामा अहिलेको अवस्थालाई सङ्घर्ष सुरु भएयताकै सबैभन्दा गम्भीर भोकमरी र कुपोषणको अवस्था भनेको छ ।
उनले थपे “यस परिस्थितिमा समेत गाजामा पुग्ने मानवीय सहायता न्यूनतम आवश्यकताभन्दा धेरै कम छ । मानवीय सहायता ढुवानीमा धेरै ढिलाइ र अवरोधहरू भइरहेका छन्, जसले आवश्यक परिमाणमा सहायता पु¥याउन संयुक्त राष्ट्रसंघलाई बाधा पुर्याइरहेको छ ।” सोमबार, संयुक्त राष्ट्रसंघले इजरायली अधिकारीहरूसँग समन्वयका लागि १६ वटा सहायता अभियान प्रस्ताव गरेको थियो, जसमा खाना, औषधोपचार सामग्री र इन्धन सङ्कलन जस्ता कार्यहरू समावेश थिए ।
तीमध्ये केवल चार वटा मात्र सहज रूपमा सम्पन्न हुन सक्यो, तीन वटा अस्वीकार गरिए र चार वटा केही अवरोधपछि मात्र सफलतापूर्वक सम्पन्न भए । दुजारिकले भन्नुभयो,“इजरायली पक्षबाट पूर्वस्वीकृति प्राप्त गर्न धेरै समय लाग्ने भएकाले मानवीय सहायता समन्वयको प्रयासमा बहुमूल्य समय खेर जाने अवस्था छ ।”
















अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया