शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०८२ साउन ३१ गते ८:२७

बाजुरा। शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
उहाँका अनुसार रिला गाउँ माथिबाट पहिरो बगेर खोलामा बाढी आएकाले राजमार्ग अवरुद्ध भएको बताउनुभयो । खोलामा आएको बाढीका कारण बाटो बनाउनका लागि सडक डिजिभन कार्यालयसँग जेसिवीको पहल भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी चौधरीले बताए।
राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ । लगातार वर्षा भइरहेकाले बाटोको पहिरो पन्छ्याउँदा पनि माथिबाट पहिरो आइरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरी निरीक्षक चौधरीको भनाइ रहेको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया