नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौँ । नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित हुनुभएको छ । समाजको गए राति सम्पन्न मतगणनाअनुसार खतिवडाले ४६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रा डा खुमनारायण पौडेलले ३६६ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा डा वसन्तराज अधिकारी र महासचिवमा शिवकुमार बाँस्कोटा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक नारायण बाँस्कोटाले राससलाई जानकारी दिए ।
यसैगरी, उपमहासचिवमा गोविन्द ओझा ४२३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्ण पाण्डेले ३७६ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा सुमिला पौडेल र सदस्यमा विनोद केसी, रोशन न्यौपाने र धीरेन्द्रप्रसाद पाण्डे निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक बाँस्कोटाले बताए ।
कूल एक हजार १४२ सदस्य रहेको उक्त समाजको शुक्रबार विद्युतीय माध्यमबाट भएको मतदानमा ८३४ जनाले मतदानमा भाग लिएका थिए । उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष खतिवडाले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया