रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै ८५ वटा आत्मघाती ड्रोन र एकवटा ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ । यी आक्रमणहरू अगस्त १५ को साँझदेखि सुरु भई रातभर जारी रहेको थियो ।
युक्रेनका अनुसार, राजधानी किभलगायत चारवटा अग्रपंक्ति क्षेत्रहरू लक्षित गरिएका थिए । युक्रेनी वायु सुरक्षाले तीमध्ये ६१ वटा ड्रोन खसाल्न सफल भएको जनाएको छ । यो आक्रमण त्यही दिन भएको हो, जुन दिन अमेरिकाको अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच महत्वपूर्ण वार्ता सम्पन्न भएको थियो ।
यद्यपि, सो वार्ताबाट युक्रेन युद्ध अन्त्यका विषयमा कुनै ठोस सहमति हुन सकेन । रुसद्वारा सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको युक्रेन आक्रमण अहिलेसम्म पनि रोकिएको छैन र हजारौं मानिसको ज्यान लिइसकेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने वार्तापछि हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया