ट्रम्पको फोनपछि जेलेन्सी सोमबार अमेरिका जाने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीसँग करिब एक घण्टा लामो ‘विस्तृत वार्ता’ गरेका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्तापछि अलास्काबाट वासिङ्टन डीसी फर्किने क्रममा ट्रम्पले जेलेन्स्कीसँग लामो संवाद गरेका ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिएकी छन् ।
उनले शनिबार पत्रकारहरूलाई ट्रम्प-जेलेन्स्की संवाद बारे जानकारी दिएकी हुन् । ट्रम्पले नेटोमा सामेल भएका देशका नेताहरूसँग पनि टेलिफोनमा कुराकानी गरेका उनले जानकारी दिइन् ।
बेलायती प्रधानमन्त्रीको कार्यालयले पनि प्रधानमन्त्री कियर स्टार्मरले अलास्का वार्तापछि डोनाल्ड ट्रम्प र भोलोदमिर जेलेन्स्की दुवैसँग कुरा गरेका पुष्टि गरेको छ ।
ज बिहान उनी नेटोका सहयोगी देशका अन्य युरोपेली नेताहरूसँग भएको एक टेलिफोन संवादमा पनि सहभागी भएका थिए।
उता युक्रेनको राष्ट्रपति कार्यालयले पनि जेलेन्स्कीले आज बिहान ट्रम्प र युरोपेली नेताहरूसँग संवाद गरेको पुष्टि गरेको छ । कार्यालयले भनेको छ, ‘यो लामो वार्ता थियो। यस वार्ताको सुरुआत जेलेन्स्की र ट्रम्पबीच भएको हो, त्यसपछि युरोपेली नेताहरू पनि यसमा सहभागी भए ।’
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उनी सोमबार वाशिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँग भेट गर्ने जानकारी दिएका छन् । टेलिग्राममा एक सन्देश अपडेट गर्दै उनले भनेका छन्, ‘म यस निमन्त्रणाका लागि आभारी छु ।’















एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया