टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २९ रनले पराजित भएको हो । बङ्गलादेशले जितका लागि दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रनमा समेटियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा छ चौका र एक छक्काको सहयोगमा अविजित ५९ रनको योगदान गरेका हुन् । आसिफ शेखले २४ बलमा २८ रन बनाउँदा लोकेश बमले १० बलमा तीन चौका प्रहार गर्दै १५ रन बनाए भने कप्तान रोहित पौडेलले १० रन जोडे ।
बलिङतर्फ राकिबुल हसनले तीन विकेट लिए भने सेफ हसन, रिपोन मण्डल र मृत्युन्जय चौधरीले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो ।
बङ्गलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए ।











रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
४ किलो कोकिनसहित सिनामङ्गलबाट तीन जना पक्राउ
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया