सेयर बजारमा सुधार, काराेबार रकम ६ अर्बमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव १६ अंकले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम भएको हो ।
आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ बराबरको कारोबार भएको छ ।
म्युचुअल फन्ड समूह शून्य दशमलव ४९ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ शून्य दशमलव १७, विकास बैङ्क शून्य दशमलव ३१, वित्त शून्य दशमलव ०९, होटल तथा पर्यटन शून्य दशमलव २४ र जलविद्युत् समूह शून्य दशमलव ९७ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४९, लघुवित्त शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३८ र व्यापार एक दशमलव २९ प्रतिशतले बढेको छ ।
आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २१ करोड ७४ लाख २८ हजार ८३१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लिमिटेडको छ लाख २७ हजार १३८ कित्ता शेयर किनबेच भएको छ ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया