आइतबार, कार्तिक ३०, २०८२

सबैभन्दा सस्तोमा धेरै रेन्ज दिने जिनपिङ लिङ्बक्स ईभी नेपालमा (भिडियाेसहित)

काठमाडाैं । नेपालमै पहिलोपटकसबैभन्दा सस्तो मूल्यमा सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार भित्रिएकाे छ।

चिनियाँ कम्पनी जिनपिङले निर्माण गरेको ‘लिङ्बक्स ईसी०१’ नामक यो इलेक्ट्रिक कार ठाकुर मोटर्स नेपालले भित्र्याएको हो ।

कम्पनिले यो गाडी भोलिबाट सुरु हुन लागेको नाडा अटो शो २०२५ मा सार्वजनिक गर्दैछ ।

कम्पनीको दाबी अनुसार, यो कार याे मूल्यको दायरामा उपलब्ध सबै कारभन्दा बढी रेन्ज दिन सक्षम छ।

दुई फरक भेरियन्टमा आउने लिङ्बक्स ईसी०१ काे बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री राखिएको छ जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ। अर्को प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ जसले ३४० किलोमिटरसम्मको यात्रा सजिलै गर्न सक्ने कम्पनीले जनाएकाे छ।

दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर राखिएको छ । यो ईभीमा एलएफपी प्रविधिको ब्याट्री प्रयोग गरिएको छ, जसले सुरक्षासहित लामो आयु दिन्छ।

‘फाइभ डोर’ भएको यो कारमा २९३ लिटरको सामान राख्ने स्पेस छ । गाडीमा भएकाे २०० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालका जस्ताेसुकै सडकमा सजिलै गुड्न सक्ने क्षमता राख्ने कम्पनीकाे दाबी छ।

गाडीको उचाइ करिब ६ फिट, लम्बाइ १२ फिट, चौडाइ ५ फिट र ह्वीलबेस ८ फिटको छ।

कम्पनीले यस गाडीको मूल्य बेस मोडेलको लागि १९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको लागि २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

मंगलबारबाट हुने नाडा शोको अवसरमा विशेष छुट दिँदै बेस मोडेल १८ लाख ९९ हजार र प्रिमियम मोडेल २३ लाख ४९ हजारमै पाउन सकिने कम्पनीकाे भनाइ छ । साथै ग्राहकले एक वर्षको सडक कर, एक वर्षको बीमा, नम्बर प्लेट एम्बोस गर्ने सुविधा र फ्लोर म्याट जस्ता सामग्री पनि पाउनेछन्।

यो गाडीले नाडा अटो शोमा विशेष ध्यान तान्ने कम्पनीको विश्वास छ । सस्तो, भरपर्दो र आधुनिक विशेषता भएको गाडी खोज्ने उपभोक्ताका लागि ‘लिङ्बक्स ईसी०१’ एक उत्कृष्ट विकल्प बन्ने कम्पनीकाे भनाइ छ ।

प्रतिक्रिया