बिहीबार, मंसिर ११, २०८२

नाडा अटो शोको अवसरमा सारथी इकुटरले २५ हजार नगद छुट दिने

मेरोन्यूज २०८२ भदौ २ गते २१:४०

काठमाडौँ। नाडा अटो शोको अवसरमा सारथी इकुटरमा २५ हजार रुपैयाँ छुट पाइने भएको छ । आगामी भदौ ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो भोलि अर्थात भदौ ३ गते देखि भदौ ८ गतेसम्म लागु हुने गरी कम्पनीले उक्त अफर सञ्चालनगरेको हो ।

उक्त अटो शोमा कम्पनीले सहभागिता नलिएता पनि ग्राहकहरुको चासो र उत्साहलाई मध्येनजर गर्दै यो अफर सँचालन गरेको कम्पनीले जनाएको छ । उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. २५ हजार छुट पाउनेछन् ।

साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ । यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरूले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ ।

जसअन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् । यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर इभि भए पनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।

३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको बेट्रि प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ । यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।

नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरूमध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए ।

कम्पनीले विगत ६ बर्षदेखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया