चट्याङ लागेर एकको मृत्यु, सात घाइते
मेरोन्यूज
२०८२ भदौ ३ गते २०:३६

बागमती, ३ भदौ : चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजको सहजताका लागि आएको बेला आज दिउँसो अचानक परेको चट्याङ लागेर स्थानीय ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । चट्याङ लागेर स्थानीय १२ वर्षीय बर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवनको राप्ति नगरपालिका–११ निवासी ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । घाइतेहरुको मनहरी अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ छ । —
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया