कांग्रेस-एमालेलाई रास्वपाको जवाफ : तपाईँहरू जति उफ्रे पनि केहिहुनेवाला छैन

काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले संकलन गरेको हस्ताक्षरलाई लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको ठहर गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूवातमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमालेले संकलन गरेको हस्ताक्षरप्रति आपत्ति जनाएउँदै यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेले अघि बढाएको प्रयासप्रति आपत्ति जनाएको छ।प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँहरूलाई निषेध गर्न खोजेको आरोप लगाए।
उनले भने, ‘उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’उनले आफूहरूलाई कमजोर बनाउने खोजिए पनि निषेध गर्न कुनै हालतमा सक्ने बताए। उनले सदनमाथि बारम्बार भइरहेको आक्रमण टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए।
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया