नाडा स्काईवेल स्किम : ‘युरोप टुर फर फ्यामिली’

काठमाडौं । ‘नाडा अटो शो २०२५’ का अवसरमा स्काइवेल इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक योजना सार्वजनिक गरेको छ ।
कम्पनीका कार्यकारी निर्देशक पारशमणि गेलालका अनुसार यो योजना नाडा अटो शो अवधिभरि स्काइवेल गाडी खरिद गर्ने ग्राहकका लागि लक्षित छ ।
नाडा अटो शोमा रहेको स्काइवेलको स्टल नम्बर एच१२ मा गई गाडी बुकिङ गर्ने ग्राहकले सपरिवार युरोप भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै उनीहरूले युरोपमै स्काइवेल गाडी टेस्ट ड्राइभ गर्ने अनौठो अवसर पनि पाउनेछन् ।
यो योजना अन्तर्गत गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई क्लासिक डायमन्ड न्युरोडद्वारा डिजाइन गरिएको एक थान ‘डाइमन्ड नेकलेस’ उपहार स्वरूप प्रदान गरिने छ । साथै, एक भाग्यशाली ग्राहकले ‘रोलेक्स घडी’ जित्ने मौका पाउनेछन् ।
यसबाहेक पुराना गाडी साटेर नयाँ स्काइवेल खरिद गर्न चाहने ग्राहकका लागि थप आकर्षक बोनसको व्यवस्था पनि गरिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले न्यूनतम ब्याजदरमा ८० प्रतिशतसम्मको फाइनान्स सुविधा र एक आर्थिक वर्षको कर सुविधा पनि उपलब्ध गराइने जानकारी दिए ।
जी मोटर्सले नेपाली बजारमा युरोपेली मापदण्डका प्रिमियम इलेक्ट्रिक गाडी बिक्री गर्दै आएको छ । स्काइवेलका गाडीहरू जर्मनी, बेलायत, अस्ट्रेलिया, टर्की, इजरायल लगायत विश्वका ६५ भन्दा बढी देशमा लोकप्रिय छन् ।
















मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया