नेपाल एपीएफ महिला फुटबल खेलाडीहरुलाई बिदाइ

काठमाडौँ । एपीएफ क्लबका महिला फुटबल खेलाडीको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिदाई गरेका छन् ।
एशियन फुटबल फेडेरेसनको आयोजनामा यहि भाद्र ९ देखि १५ गते (अगस्ट २५ देखि ३१) सम्म उज्वेकिस्तानको कर्सी शहरमा संचालन हुने एएफसी वुम्नस क्लब च्याम्पियन्स लिग अन्तर्गतको खेलमा सहभागी हुन जान लागेका नेपाल एपीएफ क्लबका महिला फुटबल खेलाडीहरु तथा प्रशिक्षक एवं अफिसियलहरुलाई महानिरीक्षक अर्यालले बिदाई गरेका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा महानिरीक्षक अर्यालले खेलाडी, प्रशिक्षक एवं अफिसियलहरुलाई विदाई गर्नुकासाथै खेलाडीहरुले मैले किन जित्न नसक्ने भन्ने भावनाकासाथ मन र दिमाग लगाई जित्ने प्रयासकासाथ खेल्नुपर्ने बताए । साथै खेल संगठनको मात्र नभई राष्ट्रको गौरवको कुरा भएकोले खेलाडीहरुले अनुशासित भई खेल्नुपर्ने तथा यसलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने समेत बताए ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षकअर्यालले अग्नि ईनकर्पोरेटका प्रबन्धक निर्देशक अर्जुन प्रसाद शर्मालाई आईजी एपीएफ कमेण्डेसनबाट सम्मान गरेका थिए ।
कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्गले खेलाडीहरुले जित्छौँ भन्ने भावनाकासाथ प्रचुर दिमागको प्रयोग गरी पाएको अवसरलाई सहि ढंगले सदुपयोग गर्नुपर्ने बताउदै सबै खेलाडीहरु कौशलता र क्षमताले अब्बल भएकाले नतिजा राम्रो आउने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी तथा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालय काठमाडौंका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसीनाको समेत उपस्थिती रहेको थियो ।
एपीएफको महिला टिमले अगस्त २५ मा उज्बेकिस्तानको क्लब नासाफसँग खेल्ने छ भने अगस्त २८ मा थाइल्याण्डको कलेज अफ एशियन स्क्लर्ससँग र अगस्त ३१ मा साउदी क्लब अल नासरसँग खेल्ने तालिका रहेको छ ।









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया