सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष थ्री एक्स अफर, ग्राहकलाई फाइदै फाइदा

काठमाडौँ। यो वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले केवल प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष थ्री एक्स अफर ल्याएको छ। ग्राहकलाई बढी मूल्य र निश्चिन्तता दिने उद्देश्यले ल्याइएको यो अफरले सेरेसको स्वामित्वलाई अझ सजिलो र लाभदायी बनाउँछ।
यस थ्री एक्स अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन्
३ वर्षको सम्पूर्ण बीमा कभरेज, जसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्छ,
३ गुणासम्मको नगद छुट, जसले खरिदलाई अझ किफायती बनाउँछ,
बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिन्छ।
ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।
यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मन पराउनेहरूका लागि सेरेस ब्रान्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने यो अनुपम अवसर हुनेछ।
सेरेस स्टलमा आगन्तुकहरूले सेरेस एसयुभी हेर्न पाउनेछन्।
आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री
प्रदर्शनसहितको सेरेस ३ नयाँ ईभी हो। आजका चालकका लागि तयार गरिएको हो सेरेस ३ भविष्यको मोबिलिटीको प्रतिक पनि हो।
सेरेसले कोरालापास हुँदै ४,६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ। यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो।
सो उपलब्धिले सेरेस वास्तवमै नेपालकै लागि बनेको हो भन्ने कुरालाई पुष्टि गर्नुका साथै यो कठोर भौगोलिक परिस्थितिहरू सहजै सामना गर्न सक्षम छ भन्ने पनि प्रमाणित गरेको छ।
नाडा अटो शो २०२५ मा सेरेसको स्टल भिजिट गर्नुहोस्, ड्राइभिङको भविष्यलाई अनुभव गर्नुहोस् र अधिकतम ६ लाख रुपैयाँसम्मको सीमित अवधिको अफरको विशेष लाभ लिनुहोस्।













दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया