पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा । पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा करिब २० प्रतिशतसम्म गिरावट आउने अनुमान गरिएको छ ।
मधेस प्रदेशमा भएको सुक्खाग्रस्त खडेरी र ढिलो गरी भएको वर्षात् र छिपिएको रोपो लगाएको कारणले गत आर्थिक वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा १० देखि २० प्रतिशतसम्म गिरावट आउने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाले यो वर्ष पर्सामा सुक्खाग्रस्त सङ्कटको कारणले ढिलागरी मात्रै धान रोपाइँ भएकाले उत्पादनमा प्रत्यक्ष असर पार्ने बताए ।
“एकातर्फ लामो समयदेखिको खडेरीले खेतमा पानीको अभाव देखियो । अर्कोतर्फ ढिलो गरी धान रोपाइँ हुँदा छिपिएको रोपोको कारणले उत्पादकत्वमा ह्रास आउने देखिन्छ”, उनले भने, “धान खेतीमा अविछिन्न पानी जम्नुपर्ने खेत धाँजा फाटेकाले धान बालीमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण देखापर्ने उच्च सम्भावना रहेको छ । त्यसले उत्पादकत्वमा केही न केही असर पार्नेछ ।”
कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा ३७ हजार सात सय ३१ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये अहिलेसम्म ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । गत वर्ष यहाँ दुई लाख ३३ हजार मेट्रिकटन धान फलेको थियो ।















नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया