‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु
मेरोन्यूज
२०८२ भदौ ७ गते १५:०२

चितवन । स्क्रब टाइफसबाट आज एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका-१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।
यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ । चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया