वीरगन्जमा हैजा संक्रमण नियन्त्रणका निम्ति खटाइयो टोली

जनकपुर । पर्साको वीरगन्जमा देखिएको हैजा संक्रमण नियन्त्रणका निम्ति प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ ।
मधेस प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. विपीनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको हो ।
मलेसिया भ्रमणमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहसँगको समन्वयमा संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने र त्यसनिम्ति प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको मुख्यमन्त्रीको सचिवालले जनाएको छ ।
यस्तै, मधेसका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका निम्ति मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको उनले उल्लेख गरेका छन् । वीरगन्ज खटाइएको टोलीले आवश्यक सुझाव दिएपछि थप कार्य अगाडि बढाइने उनले बताएका छन् ।
वीरगन्जमा शुक्रबार (भदौ ६) तीनजनामा हैजा संक्रमण पुष्टि भएको थियो ।

















आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल
धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु , २४ घाइते
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
प्रतिक्रिया