वीरगन्जमा हैजा संक्रमण नियन्त्रणका निम्ति खटाइयो टोली

जनकपुर । पर्साको वीरगन्जमा देखिएको हैजा संक्रमण नियन्त्रणका निम्ति प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ ।
मधेस प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. विपीनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको हो ।
मलेसिया भ्रमणमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहसँगको समन्वयमा संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने र त्यसनिम्ति प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको मुख्यमन्त्रीको सचिवालले जनाएको छ ।
यस्तै, मधेसका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका निम्ति मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको उनले उल्लेख गरेका छन् । वीरगन्ज खटाइएको टोलीले आवश्यक सुझाव दिएपछि थप कार्य अगाडि बढाइने उनले बताएका छन् ।
वीरगन्जमा शुक्रबार (भदौ ६) तीनजनामा हैजा संक्रमण पुष्टि भएको थियो ।








विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
NPL Cricket 2025: Two matches today
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा
हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया