करेन्ट सर्ट भएर आगलागी, ५० बाख्रा मरे
मेरोन्यूज
२०८२ भदौ ११ गते १०:५९

सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन्भने छवटा घाइते भएका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित

















Two die in fire, one in road accident in Udaypur
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया