जनयुद्ध र चेसको गहिरो सम्बन्ध छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताएका छन्।
आज यहाँस्थित अखिल नेपाल चेस सङ्घ र नेसनल स्पोट्र्स एकेडेमीको संयुक्त आयोजनामा भएको भक्त राना स्मृति चेस प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनयुद्ध र चेसको गहिरो सम्बन्ध रहेको स्मरण गरे। उनले भने, “दश वर्षे जनयुद्ध र चेसबीच गहिरो सम्बन्ध छ । यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि योगदान दिएको थियो । रणमैदानमा चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो ।”
अध्यक्ष दाहालले चेस प्रतियोगिताका माध्यमबाट मुलुकलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चिनाउने अवसर भएको उल्लेख गर्दै खेलाडीहरूको उत्साहपूर्ण सहभागिताले थप हौसला दिएको बताए । उनले आयोजकलाई प्रतियोगिताका क्रममा सम्भावित समस्या भएमा समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भक्त रानालाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाका रूपमा स्मरण गर्दै अध्यक्ष दाहालले उनको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहिरहने जिकिर गेर । “भक्त राना युद्धमा घाइते हुनुभयो, उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भयो । हामीले उहाँलाई बचाउन सकेनौँ । उहाँको स्मृति हामी सबैको मनमा ताजा छ”, उनले भने।
उक्त प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिँदै अध्यक्ष दाहालले यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुने विश्वस्त व्यक्त गरे । प्रतियोगिताका माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा मुलुकको पहिचान स्थापित हुने बताउँदै उनले यसबाट योग्य खेलाडी पनि उत्पादन हुने धारणा राखे ।
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया