बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा। बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ।
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
बुधबार बिहान करिब ७ः३० बजेतिर स्कुटर लिएर आधाभार जंगलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए। खोजतलासका क्रममा जंगलभित्र स्कुटी र घाँस भेटिए पनि उनी फेला परेनन्। त्यसपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले खोजतलास गर्नेक्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो। दिउँसो प्रहरी टोली र आधाभार ब्यारेकबाट खटिएको नेपालीसेनाको संयुक्त टोलीले जंगलभित्र शव फेला पारेको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रवक्ता पण्डितले भने। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

















Election materials transported by helicopter
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
4 days to HoR Election: pass arrangements for election day
रास्वपा कर्णालीका संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
प्रतिक्रिया