‘स्वास्थ्य क्षेत्रमा दक्षसँगै सीपयुक्त जनशक्ति आवश्यक’

काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिसँगै सीपयुक्त जनशक्ति आवश्यक रहेको सहभागिले जोड दिएका छन् ।
त्रिवि चिकित्सा अध्ययन संस्थान, जनस्वास्थ्य केन्द्रीय विभागको ७ ओ बार्षिक समारोहमा आयोजित ‘नेपालको चिकित्सा र जनस्वास्थ्य शिक्षा : हामी सहि बाटो ?’ बिषय प्यानल डिस्कसन कार्यक्रममा सहभागिले नेपालको स्वास्थ्यमा सिपयुक्त जनशक्तिको आवश्यकता भएको औल्याएका छन् । उनीहरुले दक्षजनशक्ति विदेश जाने क्रम बढेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले चिकित्सा शिक्षाका जनशक्ति रोक्नका लागि नेपालमा नै सन्तुष्टि दिने खालको जागिर दिनुपर्ने बताए । उनले नेपालमा चिकित्सा शिक्षाको राम्रो अध्ययन हुने गरेको र त्यो अध्ययन सकेर बाहिर जादा नेपाललाई धेरै नै घाटा हुने गरेको बताए ।
“नेपालबाट गएपछि स्वास्थ्यका जनशक्ति फर्कदैनन । स्वास्थ्य जनशक्तिबाट रिमिट्यान्स पनि एकदमै कम छ,” उनले भने,“नेपालमा त्यस्ता जनशक्तिलाई रोक्ने वातावरण बनाउनुपर्दछ ।”
उनले विदेशमा पनि काम गर्न नेपालका स्वास्थ्य जनशक्तिलाई त्यति सजिलो नभएको स्पष्ट पारे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. भीमप्रसाद सापकोटाले नेपालमा चिकित्सा क्षेत्रमा सीपयुक्त जनशक्ति चाहिएको बताए ।
उनले दुरदराजमा दक्ष जनशक्तिको अझै अभाव रहेको भन्दै त्यससंगै सीपयुक्त जनशक्ति आवश्यक रहेको बताए । उनले मुलुकमा नै स्वास्थ्य जनशक्तिलाई आकर्षण रहेको भन्दै विदेश नजान आग्रह गरे । आफूलाई पनि जर्मन सरकारले त्यही बस्न आग्रह गरेको तर आफू स्वदेशमा नै सेवा गर्ने इच्छा भएर त्यहाँको जागिर नखाएको स्पष्ट पारे ।
कार्यक्रममा राष्ट्रिय चिकित्सा शिक्षा आयोग निर्देशक प्रा डा. सुजनबाबु मरहठ्ठाले गुणस्तरिय शिक्षा र राज्यको आवश्यकता अनुसार दक्षजनशक्ति उत्पादनमा आयोगको उद्देश्य रहेको भन्दै नेपालमा उत्पादनका भएका जनशक्ति जनुसुकै देशमा गएर काम गर्ने सक्ने बताए । उनले उत्पादन भएका जनशक्तिको व्यवस्थित भएमात्र लगानी सुनिश्चित हुने बताए । उनले आयोगमा हरेक बर्ष तीनदेखि चार जना छात्रवृत्तिमा नाम निकाले विद्यार्थीले छाड्ने गरेको उल्लेख गरे
आयोगका निर्देशक प्राडा. मरहठ्ठा आयोगद्धारा संचालित कार्यक्रममा गुणस्तरि सुनिश्चिताका लागि मापदण्ड बनाउने तयारी भइरहेको बताए । उनले चिकित्सा शिक्षाको पढाउने लाइसेन्समात्र नदिएर नियमन आवश्यक रहेको बताए ।
कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवा आयोगका अध्यक्ष डा. केदारवहादुर बरालले छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुरदराजमा नै पठाउनुपर्ने बताए ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोधकुमार शर्माले चिकित्सा आयोगले सवैलाई नसमेटिएको हुनाले पुर्नंसंरचना गर्न जरुरी रहेको बताए । “कि आयोग खारेज गर्नुपर्दछ कि पुर्नसंरचना गरेर सवैलाई समेटिनुपर्दछ,” उनले भने ।
नेपाल नसिङ्ग काउन्सिलका अध्यक्ष सरला केसीले नर्सहरु पनि विदेश जाने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमा नै जागिर सन्तुष्टि हुने खालको दिलाउनुपर्ने बताइन् ।
प्यानल डिस्कसनको समन्वय डा. खेम कार्कीले गरेका थिए । सोही कार्यक्रममा विभागका कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया