चौरासीको निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छः लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने भएकाले सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन गर्दै उहाँले राप्रपा २०८४ को निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै जनताले पार्टीप्रति आशा गरेका बताए ।
अध्यक्ष लिङ्देनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गर्न माग गरे । उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिविरुद्ध पार्टीभित्र र बाहिर राप्रपाले कुनै सम्झौता नगर्ने धारणा राखे । पार्टीभित्र अनुशासन नमान्ने र अवसर मात्र खोज्नेहरू अब सचेत हुनुपर्ने उनको भनाइ छ । “राप्रपा एउटा पार्टी मात्र होइन, भ्रष्टाचारविरुद्धको अभियान पनि हो । पार्टी बलियो भएमा मुलुक समृद्ध बन्छ ।
राप्रपा भ्रष्टाचार र भ्रष्ट व्यवस्थाविरुद्ध सदैव उभिने छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो । राप्रपाका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले मुलुकको अवस्था बदल्न देशको व्यवस्था बदल्नुपर्ने खाँचो औँल्याए । “हाम्रा पुस्ताका लागि पनि मुलुकको अवस्था र व्यवस्था दुवै बदल्नुपर्ने जरुरी छ, यसका लागि पार्टीले सडक र सदनबाट अगुवाइ गर्नेछ ।”
पार्टीकी केन्द्रीय सदस्य खुश्वु ओलीले हाम्रै पालामा देश बनाउने हो भने राप्रपाले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्नुपर्ने धारणा राखे । अधिवेशनले केशव ओझाको अध्यक्षता जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया