लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन
मेरोन्यूज
२०८२ भदौ १४ गते २१:१६

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ।
पूर्वीरुकुम, तकसेराकी पुनको शनिबार काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा निधन भएको एमाले रुकुमपूर्व इन्चार्ज खेममान खड्काले जानकारी दिए ।
करिब एक महिना अघि स्वास्थ्य समस्या भएपछि उनलाई काठमाडौं ल्याइएको थियो। अस्पतालमा एकैपटक दुई वटा ठूलो शल्यक्रिया गरिएको थियो। पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेसनका क्रममा उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।
प्रदेशसभा सदस्य पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिइन् । उनी लुम्बिनी प्रदेशसभाको अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत थिइन् ।
सम्बन्धित














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया