परराष्ट्रमन्त्री राणाले बूढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

काठमाडौँ ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नो निवासमा आज गौरा भित्र्याएकि छिन् । उनले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित आज गौरा भित्र्याएकि हुन् ।
यसअघिका वर्षहरूमा गौरा पूजनका लागि उहाँ धनगढी जाने गर्नुभएकामा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण भइरहेकाले काठमाडौँमा गौरा भित्र्याएकी हुन् । हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रूपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ ।

मन्त्री डा राणाले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ट सांस्कृतिक गौरव भएको जनाउँदै आफू प्रत्येक वर्ष निष्ठापूर्वक व्रत बसी गौरा पूजा गर्ने गरेको बताउनुभयो । गौराले सामाजिक एकता, सहिष्णुता र भाइचाराको सम्बन्ध स्थापित गर्ने उनले विश्वास व्यक्त गरिन् ।

भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिलाहरू निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्दछन् । गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रूपमा मनाउने गरिन्छ ।

















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया