समृद्धिका लागि कला, साहित्य संस्कृतिको विकास हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देशको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास उत्तिकै अपरिहार्य रहेको बताएका छन् ।
सोमबार शीतल निवासमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका हुन् ।
उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको धारणा राखे । राष्ट्रपति पौडेलले नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठान कै भएको बताउँदै प्रज्ञा प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक वहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गरे ।
उनले साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति भन्दै वास्तवमा भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा भएको जिकिर गरे ।
राष्ट्रपति पौडेलले अनुमप भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा, संस्कृति, परम्पराको संरक्षण, संवर्द्धन र विकासमा जुट्नु साझा दायित्व भएको बताए । उनले राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट दशभित्र पर्न सफल पुरस्कृत हुने सबै कविहरूलाई बधाई दिदैँ उनीहरूको सृजना यात्राको प्रगतिको कामना गरे ।
कार्यक्रममा राष्ट्रपतिले विभिन्न १० जना कविहरूलाई सम्मानपत्र तथा पुरस्कार वितरण गरेका थिए ।










रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
सिमरा प्रदर्शन : संयमता अपनाउन प्रचण्डको आग्रह
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रतिक्रिया