बिहीबार, वैशाख २४, २०८३

एमाले सचिवालय बैठक आज बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

मेरोन्यूज २०८२ भदौ १९ गते ७:३९

काठमाडौं।सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएकाे छ।

Advertisement
NiccNicc

बैठकमा भाेलि (शुक्रबार)देखि आइतबारसम्म ललितपुरमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।

विधान महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया