रास्वपा नेता भण्डारीमाथि आक्रमण
मेरोन्यूज
२०८२ भदौ १९ गते ८:५१

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति आक्रमण भएको छ।
कपनस्थित कार्यालयबाट घरतर्फ जाँदै गर्दा भण्डारीमाथि करिब ८ बजे आक्रमण भएको रास्वपाका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिएका छन्।
उनका अनुसार मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले भण्डारीमाथि रड प्रहार गरेका थिए। टाउको र खुट्टामा प्रहार हुँदा भण्डारी गम्भीर घाइते भएका छन्।
टाउकोमा गहिरो चोट लागेर चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारका क्रममा उनको टाउकोमा १० वटा टाँका लगाइएको बोहराले सामाजिक सञ्जालमार्फत बताएका छन्।
घटनाबारे र शंकास्पद व्यक्तिबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको रास्वपाले जनाएको छ।
सम्बन्धित
















पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया