आज २०८२ साल भदौ २१ गते शनिबारको राशिफल

काठमाडौं । आज २०८२ साल भदौ २१ गते शनिबार। भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ६ तारिख। इन्द्रजात्रा पर्व आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष :सामाजिक सद्भाव बढ्नेछ। आफन्तहरूको साथ र सहयोगले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष : आँटेका काम पूरा हुनाले मन प्रसन्न रहनेछ। धन प्राप्तिको योग रहेको छ। विद्यार्थीहरूलाई मेहनत गरे अनुसार प्रतिफल प्राप्त होला। धार्मिक वा संस्कृत समारोहमा सम्मिलित भइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अक १ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा आर्थिक लाभ रहनेछ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रग निलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट : सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। जागिरमा आबद्धहरूको लागि समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या : सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। पारिवारिक मनमुटाव सुल्झिनेछ। माननीयजनहरूको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछव्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
तुला : व्यापार व्यवसायभन्दा सेवा मुलुक कामबाट लाभ मिल्नेछ। सवारी साधनमा धन खर्च हुनेछ। लेनदेनको मामलामा कानुनको विपरित कार्य नगर्नुहोला नभए जरिवाना लाग्न सक्छ। चिताएको कार्य पूरा गर्दा बाधा आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
वृश्चिक : समाजमा मान प्रतिष्ठा बढ्नेछ। व्यापारलाई लिएर यात्राका योग छन्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोगले कार्य समयमा सम्पादित हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
धनु : वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरूको रेखांकन हुनेछ साथै धैर्यताको कमीले अर्काको गल्ती आफूमाथि पर्न सक्छ सचेत रहनुहोस्। विद्यार्थीहरूको पढाइमा भन्दा खेलकुदमा मन रमाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मकर : मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ, तर सामाजिक र राजनैतिक सम्बन्ध राम्रो हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : समयको तालमेल नमिल्दा कार्य अधुरो रहन सक्ला सावधान रहनुहोस्। कार्यक्षेत्रमा गरिएको कामबाट जस पाइनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।
मीन : धनार्जनका नयाँ बाटोहरू खुल्नेछन्। मित्रको सल्लाहले बिग्रेको काम बन्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धमा उत्पन्न भएका शंकाहरू समाप्त हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।









के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया