गड्यौलाकाे मल उत्पादनबाट मनग्य आम्दानी

दोधारा चाँदनी (कञ्चनपुर)।कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गड्यौला मल उत्पादन गर्न लागेका हुन् ।
“अध्ययन गर्दैगर्दा केही गरेर आम्दानी गर्ने सोच आयो, त्यसपछि इन्टरनेटमा के गर्दा ठिक होला भनेर खोज्न थाले”, उहाँले भन्नुभयो, “गड्यौला मल उत्पादनबाट कम लगानीमा बढी आम्दानी गर्न सकिने थाहा पाएपछि यसतर्फ लागे ।” सुनारले दुई वर्षअघि रु चार लाख लगानीमा चार ब्याडबाट मल उत्पादन सुरु गरेको बताए । उनले चार ब्याडबाट राम्रो आम्दानी भएपछि मल उत्पादन थप गरेर २५ ब्याडमा विस्तार गरेका छन् ।
“माग धेरै आउन थालेपछि मल उत्पादन बढाएको छु, तर पनि बजारको माग धान्न सकिएको छैन”, उनले भने, “किसानले रासायनिक मलको विकल्पमा गड्यौला मल प्रयोग गर्न थालेपछि यसको माग धेरै आउने गरेको छ ।” उनले उत्पादन गरेको मल कैलालीसम्म बिक्री हुने गरेको बताए । पछिल्लो समय तरकारीखेती, बगरखेती, बेमौसमीखेती गर्ने किसानले मलको माग गर्ने गरेको उनले बताए।
“सुरुआतमा करिब रु चार लाख लगानी गरेको थिएँ, त्योभन्दा बढी आम्दानी गरिसकेको छु”, उहाँले भन्नुभयो, “एक महिनामा मात्र रु एक लाख ५० हजारको मल बिक्री गरेको छु, यसरी बिक्री भयो भने वर्षमा रु सात लाखसम्म आम्दानी हुन्छ ।” सुनारले तीन महिनामा ४८ क्विन्टल बढी मल बिक्री गरेको बताए । गड्यौला मल प्रतिकिलो रु २५ का दरले बिक्री हुने गरेको छ । “बजारको मागअनुसार उत्पादन गर्न सकिएको छैन, मलका लागि जुल्लाबाट समेत माग आउने गरेको छ”, उनले भने, “मल उत्पादन थप गर्ने योजना बनाएको छु ।”
गड्यौला मलको प्रयोगले उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय किसानले खेतीमा गड्यौला मल प्रयोग गर्ने गरेका छन् । उक्त मलले माटोको उर्वराशक्ति बढाउनुका साथै कम लागतमा उत्पादनमा वृद्धि र मानवीय स्वास्थ्य तथा वातावरणीय सुधारका निम्ति पनि यो उत्तम छ । पछिल्लो समय किसानले रासायनिक मलको विकल्पका रुपमा यो मल प्रयोग गर्ने गरेका छन् । गड्यौला मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ । यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहुउपयोगी मानिएको छ ।













One person killed, another injured in motorcycle accident
Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया