घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु
मेरोन्यूज
२०८२ भदौ २३ गते ९:५४

सिरहा। सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो ।
सूचना अधिकारी पासवानले भने ,“अचानक मौसम बदलिएसँगै परेको चट्याङले लागेपछि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ .।” प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उनले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया