जेनजीको प्रदर्शनमा भएको मानवीय क्षतिप्रति गृह मन्त्रालय द्वारा दुःख व्यक्त एवम् घाइतेहरुकाे निःशुल्क उपचारको व्यवस्था

काठमाडौँ। गृह मन्त्रालयले जेनजी पुस्ताले सोमबार आह्वान गरेको प्रदर्शनका क्रममा देशभर भएको घटना र सोबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा काठमाडौँलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनमा विभिन्न स्वार्थ समूहबाट भएको घुसपैठका कारण थप हिंसात्मक घटना घट्न गई दुःखद् परिस्थिति सिर्जना भएको मन्त्रालयको प्रारम्भिक निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।
परिस्थितीलाई स्वार्थसिद्धका लागि प्रयोग गर्ने व्यक्ति, समूहप्रति सचेत रहँदै यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउँदै शान्ति कायम राख्न मन्त्रालयले सबैमा आह्वान गरेको छ ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया