राष्ट्रपति पौडेलले जेन-जीसहित आन्दोलनकारीलाई वार्तामा बोलाए
मेरोन्यूज
२०८२ भदौ २५ गते १०:३५

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम परिस्थितिबीच शान्तिपूर्ण समाधान खोज्नका लागि सबै पक्षलाई सहयोग गर्न आह्वान गरेका छन् ।
पौडेलले मंगलबार जारी वक्तव्यमा भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेछन् भन्ने विश्वास लिएको छु।’
वक्तव्यमा नागरिकले उठाएका मागलाई लोकतान्त्रिक प्रक्रियामार्फत् सम्बोधन गर्न सकिने उल्लेख गर्दै आन्दोलनरत जेन-जी प्रतिनिधिलगायत सबै पक्षलाई वार्ता र संवादमा आउन पनि उनले अपील गरेका छन् । पौडेलले शान्ति र स्थिरता कायम गर्न संयमित रहन सबैलाई आग्रह गरिएको छ।

सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया