आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ११ तारिख। आज चतुर्थी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। आत्मविश्वास बढ्नेछ। आर्थिक पक्षमा सुदृढता आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
वृष : प्रेम सम्बन्धमा प्रगति हुनेछ। कुनै शुभ समाचारले परिवारमा खुसी बढ्नेछ। यात्रा हानिकारक रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : साथीभाइहरूको सहयोग पाइनेछ। कार्यक्षेत्रमा लाभ रहनेछ। पारिवारिक विषयवस्तुमा खर्च बढ्नेछ। व्यवहारमा संयमता राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : आफ्नो क्षमताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। नँया व्यवसायमा प्रारम्भ गर्न सफल भइनेछ। मनमा प्रेम र विश्वासको सृजन हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। विवादास्पद कार्यमा फस्नुपर्ला सावधान रहनुहोस्। अध्ययनमा पछि रहनाले शैक्षिक क्षेत्रमा बाधा आउनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या : नोकरी वा पेशामा नयाँ अवसर प्राप्त हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सकेसम्म यात्रा नगर्नुहोस्। प्रतिद्वन्दीहरू आफै किनारा लाग्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला :विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। पेट सम्बन्धी समस्याले सताउन सक्छ। दिन संघर्षपूर्ण रहनेछ। परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। विलासिताको वस्तुमा धन खर्च हुन सक्छ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा प्रेमिद्वारा आश्वासन पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
धनु : स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर सावधान रहनुहोला। व्यपार व्यवसायमा आफन्तहरूको साथ र सहयोग पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मकर : कार्यक्षेत्रमा जोखिम लिनबाट बच्नुहोस्। अरुलाई पैसा सापटी दिँदा सावधान रहनुहोला। पुरानो मित्रसँग भेटघाटले रोकिएका काम बन्नेछन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : नयाँ कार्य र यात्रा गर्दा सजगता अपनाउनुहोस् सकेसम्म यात्रा नगर्नुहोस्। आफ्नो कार्य अरुमाथि नछोड्नुहोला। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ संगै अधिकारी हरूको समर्थन पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मीन : नँया लगानी लगाउन उपयुक्त समय रहेको छ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। विवादास्पद समस्याबाट मुक्ति मिल्नेछ। मानसिक शान्ति मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
















महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया