प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर असहमति’ रहेको जनाएको छ ।
उक्त पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शुक्रबार बेलुकी प्रेस विज्ञप्ति जारी गरी वर्तमान संसद् विघटन गर्ने निर्णय मुलुको संवैधानिक व्यवस्थाविपरीत रहेको उल्लेख गरेका हुन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पदाधिकारीको आकस्मिक बैठकले ‘वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको सवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको’ सापकोटाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक र संवैधानिक सङ्कट टार्न राष्ट्रपति रामचन्द्र पौडेलले आजै अन्तरिम सरकार गठन गरेका छन् । संसद् विघटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथसमेत खुवाइसकेका छन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया