आज भदौ २८ गते शनिबारकाे राशिफल, कस्ताे रहला तपाइकाे दिन ?

काठमाडौं ।आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १३ तारिख। सोह्र श्रद्धको सप्तमी श्राद्ध। प्राथमिक उपचार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष : समाजमा मानसम्मानमा वृद्धी हुनेछ। सरकारी क्षेत्रबाट केहि तनाव उत्पन्न हुन सक्छ। आत्मविश्वासको साथमा कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष : वैदेशिक योजनाहरू पूरा हुनेछन्। नियम कानुनी लाइ मानेर अगाडि मढ्नुहाेला। कार्यक्षेत्रमा सानातिना उतार चढावहरू आउनेछन्। अनावश्यक खर्चले आर्थिक संकट निम्त्याउँला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
मिथुन : मनमा शंका उत्पन्न हुनेछ। रोजगार र व्यापार व्यवसायमा नयाँ अवसर मिल्ला। प्रतियोगी परीक्षामा सफल भइनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : यात्रामा ढिड्दा बिचार पुर्याउनुहाेला। व्यापारमा उन्नति हुनेछ। विद्यार्थीहरूलाई उपलब्धि हासिल गराउनेवाला समय रहेको छ। परिवार वा वरिष्ठको सहयोग पाइनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : मनमा उत्साह र कार्यक्षेत्रमा लगनशीलताले समयलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। दैनिकी खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या : सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्यले गर्दा हात परेका अवसरहरू हातबाट जानसक्छ सावधान रहनुहोस्। सामाजिक सञ्जालमा अन्तर्वार्ता गर्दा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
तुला :साझेदारी व्यापार र दाम्पत्य जीवनमा राम्रो समय रहेको छ। सकेसम्म यात्रा नगर्नुहोला। व्यवहार कुशलता वा बोलीको प्रभावले अप्ठ्यारा कार्यलाई पनि सजिलै सम्पादन गर्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक : परिवारमा विवादास्पद विषयको समाधान हुनेछ। सरकारी कार्यमा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। मानसिक चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
धनु : आत्मबल र प्रसिद्धिमा वृद्धि हुनेछ। यात्रा कष्टदायी रहेको छ। पारिवार र कार्यक्षेत्रमा सन्तुलन बनाएर राख्ने प्रयास गर्नुहोस्। धर्मकर्ममा मन जानेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर : आर्थिक पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरले पछ्याउनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। विदेशतिरबाट शुभ सूचना मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : कार्यक्षेत्रमा धैर्य वा पराक्रममा वृद्धि हुनेछ। आफ्नो योग्यतामा विश्वास राखेर निर्णय लिनहोस सफलता मिल्नेछ। व्यापार व्यवसायलाइ लिएर मनमा धेरै शंकाहरू उत्पन्न हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।
मीन : कार्यक्षेत्रमा संघर्षले सोचेजस्तो परिणाम दिनेछ। विद्यार्थीहरुको शैक्षिक योग्यताको मूल्यांकन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। व्यापार विस्तारलाई लिएर योजना बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया