बिहीबार, मंसिर ४, २०८२

खरानी भएको महाराजगञ्ज प्रहरीलाई युनिभर्सल टुर्स एण्ड ट्राभल्सको उपकरण सहयोग

मेरोन्यूज २०८२ भदौ २९ गते १९:५५

काठमाडौं । युनिभर्सल टूर्स एण्ड ट्राभल्सले हालैको दुखद घटनाबाट प्रभावितप्रति गहिरो समवेदना व्यक्त गर्दै महाराजगञ्जस्थित नेपाल प्रहरी कार्यालयलाई आवश्यक उपकरण हस्तान्तरण गरेको छ।

कम्पनीले प्रहरी कार्यालयलाई ४ वटा डेस्कटप कम्प्युटर, १ वटा ल्यापटप र २ वटा प्रिन्टर उपलब्ध गराएको हो। यस कदमले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास लिइएको छ।

कार्यक्रमका अवसरमा कम्पनीका प्रबन्ध निर्देशक पराशर प्रसाई ले प्रहरी कार्यालयको भुइँतला र कारागार खण्डको तत्काल मर्मत तथा स्तरोन्नति कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले भने,‘समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने संस्थाहरूप्रति निजी क्षेत्रले सहयोग गर्नु हाम्रो सामाजिक दायित्व र उत्तरदायित्व दुवै हो।’

यसै अवसरमा युनिभर्सल टूर्स एण्ड ट्राभल्सले हालैको विपत्तिबाट प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै आगामी दिनमा पनि समुदाय र राष्ट्रिय संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ

प्रतिक्रिया