महाराजगञ्ज प्रहरीलाई युनिभर्सल टूर्स एण्ड ट्राभल्सद्वारा उपकरण सहयोग

काठमाडौं । युनिभर्सल टूर्स एण्ड ट्राभल्स (UTT) ले हालैको दुखद घटनाबाट प्रभावितप्रति गहिरो समवेदना व्यक्त गर्दै महाराजगञ्जस्थित नेपाल प्रहरी कार्यालयलाई आवश्यक उपकरण हस्तान्तरण गरेको छ।
कम्पनीले प्रहरी कार्यालयलाई ४ वटा डेस्कटप कम्प्युटर, १ वटा ल्यापटप र २ वटा प्रिन्टर उपलब्ध गराएको हो। यस कदमले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास लिइएको छ।
कार्यक्रमका अवसरमा कम्पनीका प्रबन्ध निर्देशक पराशर प्रसाईले प्रहरी कार्यालयको भुइँतला र कारागार खण्डको तत्काल मर्मत तथा स्तरोन्नति कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने संस्थाहरूप्रति निजी क्षेत्रले सहयोग गर्नु हाम्रो सामाजिक दायित्व र उत्तरदायित्व दुवै हो।”
यसै अवसरमा युनिभर्सल टूर्स एण्ड ट्राभल्सले हालैको विपत्तिबाट प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै आगामी दिनमा पनि समुदाय र राष्ट्रिय संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएको छ।














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया