बुधबार, वैशाख २३, २०८३

एमाले महासचिव पोखरेलले गरे केन्द्रीय कार्यालय अनुगमन

मेरोन्यूज २०८२ भदौ ३० गते १६:२७

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन्।

Advertisement
NiccNicc

महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् । उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए।

यही भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।

प्रतिक्रिया