आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १८ तारिख। सोह्र श्रद्धको द्वादशी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। राजनैतिक सम्पर्कले लाभ मिल्नेछ। व्यावसायिक यात्रा सफल हुनेछ। मित्रहरूको साथ मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष : कार्यस्थलमा सहकर्मीहरूको साथ पाइनेछ। मेहनतको अनुरूप फल मिल्ला| विवादित समस्याहरू सुल्झिनेछन्। आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : सम्पत्तिलाई लिएर विवाद बढ्नेछ। आकस्मिक यात्राका योग छन्। स्वास्थ्य सबल रहनेछ। व्यापार व्यवसायमा गरिएको नयाँ प्रयोग सफल हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : आफन्तहरूको सहयोगले मनोबलमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। चिताएका काम पूरा हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : रोकिएका कार्य अधिकारीहरूको सहयोगले सम्पादन हुनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। बोलीमा नियन्त्रण आवश्यक रहेको छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या : नँया लगानी लगाउदा आतिएर निर्णय नलिनुहोल। प्रियजनहरूबाट सहायता मिल्नेछ। सांस्कृतिक वा शुभकार्यमा सहयोगी भइएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
तुला : कार्यक्षेत्रमा अप्ठ्यारा परिस्थितिलाई सजिलै सम्पादन गर्न सकिनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आयआर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अक ८ रहेको छ।
वृश्चिक :कारोबारमा सफलता मिल्नेछ। सामाजिक वर्चस्व बढ्नेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसर मिल्ला। परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रङ्ग निलो हो भने शुभ अङ्क ७ रहेको छ।
धनु : व्यावहारिक पक्ष बलियो बन्नेछ। अड्केको धन मिल्नाले मन प्रसन्न रहनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
मकर : अरुको विश्वास जित्नलाई कार्य समयमा पूरा गर्नुहोस्। जरुरत पूर्तिको लागि संघर्ष गर्नुपर्ला। विवादित समस्याबाट टाढा रहनुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ : भावुकतामा आएर कुनै पनि निर्णय नलिनुहोला। खानपान र सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस। ऋण दिएको पैसा लिन गाह्रो होला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
मीन :लगनशीलताले कार्यक्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा सुमधुरता स्थापित हुनेछ। विद्यार्थीहरूले पढाइको क्षेत्रमा अनुभवी व्यक्तिहरूको सल्लाहलाई वेवास्था नगर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।













रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया