दार्चुला कारागारमा ५८ कैदीबन्दी फर्किए
मेरोन्यूज
२०८२ असोज २ गते १३:४७

दार्चुला (नौगाड) । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ मा जिल्ला कारागारबाट फरार ७१ कैदीबन्दीमध्ये ५८ जना कारागार फर्किएका छन् ।
फरार मध्येका दुई कैदीबन्दी सम्पर्कमा रहेको कारागारका जेलर सरीता चन्दले जानकारी दिए । फरार कैदीबन्दीको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
फरार कैदीबन्दी तथा थुनुवालाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गर्दै प्रशासनले सूचना जारी गरिसकेको छ । जिल्ला कारागारमा कूल ७७ कैदीबन्दीमध्ये ६ जना कारागारमै बसेका थिए ।
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया