आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १९ तारिख। सोह्र श्रद्धको त्रयोदशी श्राद्ध। संविधान दिवस आजै परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : अरुको कार्य सन्दर्भमा चासो लिनुको अपेक्षा आफ्नो काममा ध्यान दिनुहोस। आध्यात्मिक चर्चामा भाग लिनाले मानसिक शान्ति रहनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
वृष : आफ्नो परिवारमा गोपनीयता बनाएर राख्नुहोस्। घरेलु आवश्यकतालाई प्राथमिकता दिनुहोस्। समस्या दर्शाउँदा सहयोग पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन : मित्रहरूको साथ र सहयोग पाइनेछ। अध्ययन र अध्यापनमा आइरहेको बाधा समाप्त हुनेछ। सामूहिक कार्य गर्दा सबैसँग विचार विमर्श गरेर निर्णय लिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट : सन्तान पक्षबाट सुख मिल्नेछ। व्यापार विस्तारलाई लिएर गरिएको यात्रा सफल रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : मेहनत वा परिश्रम लक्ष्य प्राप्तिमा सहायक हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। कानुनी मामलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या : वैदेशिक रोजगारमा सफलता मिल्नेछ। फजुल खर्चदेखि बच्नुहोस्। घरपरिवारमा अकारण विवादको कारण मनोबल गिर्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
तुला : प्रशासनिक वा सरकारी मामलाहरू सुल्झिनेछन्। सामाजिक संघ समारोहमा हजुरको अग्रगण्य भूमिका रहनेछ। कारोबार विस्तारलाई योजना कोरिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : कार्यक्षेत्रमा कसैमाथि झट्टै विश्वास नगरिहाल्नुहोला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
धनु : सन्तानको करियरमा नयाँ दिशा मिल्नेछ। धैर्य को साथ काम गर्नुहोस् परिस्थिति हजुरको अनुकूल रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर : जीवनसाथीको सहयोगले आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : घर परिवारमा मांगलिक कार्यक्रमहरूमा सहभागी भइएला। प्रेम र मित्रताको बन्धन कसिनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। पुरानो रोगले सताउनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।
मीन :घरेलु जरुरत पूर्तिको लागि अतिरिक्त खर्च हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया