शनिबार, वैशाख १९, २०८३

पदभार ग्रहण गर्दै महावीर पुनले भने- मन्त्री क्वार्टर चाहिँदैन, मन्त्रालयमै एउटा खाट र किचेन दिनुस्

मेरोन्यूज २०८२ असोज ६ गते १६:५९

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताएका छन् । मन्त्री पुनले सोमबार शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै पुनले आफूलाई बस्नका लागि छुट्टै क्वाटर नचाहिने बताएका छन् ।

Advertisement
NiccNicc

‘मलाई मन्त्री क्वार्टर चाहिन्न, सचिवज्युलाई अहिले नै के निर्देशन दिन चाहान्छु भने यहाँ एउटा कोठा बनाउनुहोस्,’ पुनले भने, ‘त्यहाँ एउटा बेड भए पुग्छ। जहाँ काम गर्‍याे यो, त्यही बस्ने बानी छ मेरो। एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’

उनले आफूलाई सुरक्षा पनि नचाहिने बताए ।

पुनले भने,‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीँ बसौं । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन ।’

प्रतिक्रिया