पदभार ग्रहण गर्दै महावीर पुनले भने- मन्त्री क्वार्टर चाहिँदैन, मन्त्रालयमै एउटा खाट र किचेन दिनुस्

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताएका छन् । मन्त्री पुनले सोमबार शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै पुनले आफूलाई बस्नका लागि छुट्टै क्वाटर नचाहिने बताएका छन् ।
‘मलाई मन्त्री क्वार्टर चाहिन्न, सचिवज्युलाई अहिले नै के निर्देशन दिन चाहान्छु भने यहाँ एउटा कोठा बनाउनुहोस्,’ पुनले भने, ‘त्यहाँ एउटा बेड भए पुग्छ। जहाँ काम गर्याे यो, त्यही बस्ने बानी छ मेरो। एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’
उनले आफूलाई सुरक्षा पनि नचाहिने बताए ।
पुनले भने,‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीँ बसौं । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन ।’










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया