यस्ताे छ आजकाे मौसम पूर्वानुमान

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।
कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया