आज २०८२ साल असोज ८ गते बुधबारको राशिफल

काठमाडौं । आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २४ तारिख । नवरात्रको तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : घर परिवारबाट सहयोग मिल्नेछ। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष : नयाँ कामले गर्दा दिनचर्यामा बदलाव हुनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। घर जग्गा किनबेचका योग छन्। प्रेमीहरूले प्रेम जताउनुहोस्। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : आर्थिक पक्षको मजबुतीको लागि शुभचिन्तकहरको सल्लाहलाई वेवस्था नगर्नुहोस्। घरभन्दा बाहिर धेरै समय बित्नेछ। विदेशतिरबाट राम्रो सूचना मिल्ने योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
सिंह : कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन्। व्यापारमा सामान्य लाभ रहनेछ। ऋण नदिनुहोस्। प्रतियोगी परीक्षार्थीहरूलाई दिन संघर्षपुर्ण रहनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।
कन्या : जीवनसाथीबाट उपहार मिल्ने योग छ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक संसाधन जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। प्रेम सम्बन्धमा माया बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला : आफ्नो स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। मन अशान्त तथा कार्यक्षेत्रमा अनुमानितभन्दा धेरै समय लाग्नेछ। कसैसंग झुठो बाचा नगरौँ। आकस्मिक धनहानिका योग छन्। ठूलो निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह लिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक : कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कामको चर्चा हुनेछ। अरुका लागि बुद्धि र धन खर्च गर्नुपर्ला। विद्यार्थीहरूको पढाईमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
धनु : समय उत्तम रहनेछ। शेयर मार्केट व भवन निर्माण सम्बन्धी कामले लाभ दिनेछ। यात्रा को योग रहेको छ। नयाँ कार्यका योजनाहरू बन्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
मकर : कार्यक्षेत्रमा हतारमा कुनै निर्णय नलिनुहोला। नयाँ कार्य प्रारम्भ नगरौँ। जीवनसाथीको स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। कानुनी पक्ष सबल रहनेछ। धर्म कर्ममा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : समाजमा सम्मान बढ्नेछ। व्यापारमा लाभ हुनेछ साथै सरकारी नोकरीमा रोकिएका काम बन्नेछन्। बोलीले गर्दा सबैलाई आफ्नो बनाउन सक्नुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
मीन :कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। प्रिजेन्टेशन व नयाँ मिटिङको लागि समय उत्तम रहेको छ साथै उच्च अधिकारीको सहयोग मिल्नेछ। व्यापारलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया